ओस्कार विजेता हलिउड नायक मृत भेटिए

काठमाण्डु टुडे २०७० माघ २० गते ११:२३ मा प्रकाशित

hoffmanकाठमाण्डु, २० माघ – ओस्कार अवार्ड विजेता हलिउड नायक फिलिप सेमर हफम्यान मृत अवस्थामा भेटिएका छन् । ४६ वर्षिय नायक हफम्यान न्युयोर्क स्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।

उनको मृत्यूको यकिन कारण थाहा हुन सकेको छैन । तर, प्रहरीले ड्रग्सको ओभर डोजका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

उनको शव आइतबार राति बाथरुममा भेटिएपनि ढिला गरेर खबर सार्वजनिक भएको हो । हफम्यनले सन २००५ मा ‘कपोट’ फिल्मबाट सर्वश्रेष्ठ अभिनेताको ओस्कार अवार्ड जितेका थिए ।

उनले तीन पटक सर्वश्रेष्ठ सहायक अभिनेताको ओस्कार अवार्डसमेत जितेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us