के के छन बाबुरामका ११ बुँदामा ?

काठमाण्डु टुडे २०७० माघ १९ गते ७:५५ मा प्रकाशित

Baburam-Bhattarai_20110602084615(क). वैचारिक प्रश्न
१. मुख्य संकट/समस्या–वैचारिक । कहिले जडसूत्रवादी र कहिले अनुभववादी–अन्तर्यमा सारसंग्रहवादी । वैचारिक अस्पष्टता, अस्थीरता र ढुलमुलपन । न्यून–पु“जिवादी वर्गीय आधार र चिन्तन ।
२. तत्कालीन ‘आवश्यकता’ मा वढी जोड र दीर्घकालीन सर्वहारा क्रान्तिकारी ध्येय अथवा ‘स्वतन्त्रता’ को दुनिया“ तर्फको अग्रसरता / निरन्तर क्रान्तिको मार्गमा कम ध्यान । आवश्यकतालाई ‘वुझ्ने’ मात्र होइन ‘वदल्ने’ कुरामा कमी ।
(ख). राजनीतिक प्रश्न
३. सन् १९७०–८० को दशकपछि शुरु भएको ‘माओवादी’ आन्दोलनमा गम्भीर प्रश्न र नया“ मोड । आन्दोलनलाई नया“ ढंगले विकसित र परिमार्जन गर्दै अघि वढ्ने नेपाली प्रयोग÷प्रयासवारे थप छलफल/निष्कर्ष/संश्लेषणको आवश्यकता ।
४. साम्राज्यवादको पछिल्लो भूमण्डलीकृत रुपले उत्पीडित राष्ट्रहरुमा ल्याएको नया“ वर्गीय संरचना/सम्वन्ध अथवा पराश्रित नोकरशाही/दलाल पु“जिवादको विकास/विस्तारले सम्वन्धित देश/नेपालको क्रान्तिको रणनीति र कार्यनीतिमा फेरवदल/असर ।
–    नेपालको विशिष्ठ भू–राजनीतिक परिवेश र मुख्यतः भारतीय एकाधिकार पु“जिवादको उत्पीडनबाट मुक्तिको सन्दर्भमा नेपाली राष्ट्रियताको प्रश्न ।
५. नेपालमा उपरोक्त वस्तुगत कारणका साथै मुख्यतः माओवादी जनयुद्धले ल्याएको आत्मगत परिवर्तनको परिणाम स्वरुप प्राप्त राजनीतिक परिवर्तन–गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र इत्यादिको ऐतिहासिक महत्व । पु“जिवादी क्रान्तिका वा“की कार्यभार नया“ ढंगले पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने रणनीतिको समग्र कार्ययोजना÷कार्यनीतिक श्रृंखला निर्माणको आवश्यकता ।
–    २१ औं शताव्दीमा नया“ ढंगको बोल्सेभिक क्रान्तिको खाका ।
६. जनवाद/लोकतन्त्रको नया“ मोडेल विकासको प्रश्न । तत्काल समावेसी/समानुपातिक/ सहभागितामूलक लोकतन्त्र (प“ुजिवादी लोकतन्त्रको विकसित रुप) को विकासमा ध्यान । दीर्घकालीन रुपमा विगतका समाजवादी व्यवस्थाहरुको नकारात्मक अनुभवहरु समेतबाट सिक्दै नया“ ढंगको समाजवादी जनवादको मोडेलको विकासको प्रश्न ।
–    पहिलो संविधानसभा सापेक्ष रुपले वढी प्रगतिशील रह“दा संविधान निर्माणमा कम ध्यान तर दोश्रो संविधानसभा वढी प्रतिगामी÷यथास्थितिवादी बन्दा त्यसप्रति वढी आशक्ति रहनु वैचारिक/राजनीतिक अस्पष्टता/विचलनको अभिव्यक्ति ।
७. जनवाद/लोकतन्त्रको आधार/जग निर्माणको लागि उपयुक्त आर्थिक/सामाजिक विकासको मोडेल लागू गर्न विशेष ध्यान । उत्पादक शक्ति/सम्वन्धको पर्याप्त विकास विना जनवाद/लोकतन्त्र औपचारिक मात्र रहने कुरामा ध्यान । विश्व साम्राज्यवादको घेरावन्दीमा राष्ट्रिय अर्थतन्त्र निर्माणको प्रश्न ।
(ग). संगठनात्मक प्रश्न
८. मूलतः लेनिनद्वारा प्रतिपादित सर्वहारा वर्गको अग्रदस्ताको पार्टीको अवधारणा र जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा थप विकास र परिमार्जन । माओको ‘निरन्तर क्रान्ति’ र ‘जनदिशा’ को आलोकमा नया“ ढंगको सर्वहारावादी पार्टी निर्माणको प्रश्न ।
– नेपाल जस्तो विविध वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको वाहुल्य रहेको समाजमा सर्वहारा वर्गीय पार्टीको निर्माण/विकासका विशिष्ठ समस्या/समाधान ।
९. पार्टीभित्र दुइ लाइन संघर्ष/अन्तरसंघर्ष संचालनको नया“ विधिको विकास । एकमनावादी र वहुलवादी चिन्तन/शैलीको सट्टा ‘विपरितहरुको एकत्व’ मा आधारित भौतिकवादी एकतत्ववादी/द्वन्दवादी प्रणालीको स्थापना/विकास । अस्थायी ‘विचार समूह’ र स्थायी गुट/उप–गुटमा भेद । आलोचनात्मक चेत/प्रवृत्तिको प्रवद्र्धन/संरक्षण ।
१०. ‘एक्काइसौं शताव्दीमा जनवादको विकास’को अवधारणा÷प्रस्ताव अनुरुप ‘सामुहिकताको केन्द्रीकृत अभिव्यक्ति’ को रुपमा पार्टी÷सत्ताको नेतृत्व प्रणालीको विकास । एउटै व्यक्तिमा असीमित शक्ति/सत्ता केन्द्रित गर्ने र लामो समय जिम्मेवारीमा रहने प्रथा/प्रवृत्तिको अन्त्य । पार्टी र सत्ताको नेतृत्वको कार्यविभाजन र चक्रीय प्रणाली । पार्टी/वैचारिक–राजनीतिक नेतृत्व अन्तर्गत सत्ता/अन्य सांगठनिक नेतृत्व रहने प्रणालीको विकास । एक–मा–तीन को सिद्धान्त अनुरुप क्रान्तिकारी उत्तराधिकारीहरुको निर्माण ।
(घ). विविध
११. सर्वहारा÷जनवादी संस्कृति/संस्कार/आचरण/शैलीको विकास/प्रयोगमा विशेष ध्यान । निजी सम्पत्ति/परिवार वारे उपयुक्त नीति/कार्ययोजनाको आवश्यकता ।

–    लालध्वज
२०७० माघ १४

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us