बम विस्फोटमा पत्रकार घाइते

काठमाण्डु टुडे २०७० माघ १८ गते १०:४८ मा प्रकाशित

फिलिपिन्स, १८ माघ– फिलिपिन्समा शनिबार भएको बम विस्फोटमा दुई टेलिभिजन पत्रकारसहित १२ व्यक्ति घाइते भएका छन् ।

पत्रकारको एक समूह सैनिक र मुस्लिम विद्रोहीबीचको झडपको समाचार संकलनको लागि मिदानाओ प्रान्तको दक्षिणी द्वीपमाअवस्थित साउदी आम्पाटुआन सहरमा पुगेका जनाइएको छ ।

 सो सहरमा भएको बम विस्फोटमा एबीसी–५ नामक टेलिभिजनका एक समाचार दाता र अर्का एक फोटो पत्रकारसहित अन्य १२ जना घाइते भएको प्रहरीस्रोतले जनाएको हो ।     यस आक्रमणमा घाइते भएकामा छ सैनिक अधिकारीहरु रहेका कर्णेल इद्गार्डो गोन्जालेसले बताएका छन् ।

शनिबार बिहान सुरक्षा गस्तीमा खटिएका सैनिक विस्फोटक पदार्थ विस्फोटनमा परी घाइते भएका गोन्जालेस एएफपीलाई बताए ।

एबीसी–५ का समाचार विभागका प्रमुख लुची क्रुज भाल्डेसले टेलिभिजनका फोटो पत्रकार एडिआन बुलाताओ गम्भीर रुपमा घाइते भएको बताएका छन् ।

त्यसैगरी टेलिभिजन समाचारदाता जेफ क्यापारस पनि घाइते भएको पनि उहाँले प्रष्ट पारे ।

ती टेलिभिजन समूहका पत्रकारहरु सरकारी सुरक्षा बल र बाङ्गसामोरो इस्लामिक फ्रिडम फाइट्रस् (बिआइएफएफ) बीचको झडपको समाचार संकलनको लागि त्यहाँ पुगेका जनाइएको छ ।

सैनिकका अनुसार करिब एकहप्ता अगाडिदेखि सरकारले बिआइएफएपफका विरुद्ध सुरु गरेको कारबाहीका क्रममा ५२ विद्रोहीको मृत्यु भइसकेको छ । उक्त सैनिक कारबाही सरकारले फिलिपिन्सको प्रमुख मुस्लिम विद्रोही समूह ‘द मोरो इस्लामिक लिबरेशन फ्रन्ट’सँग गरेको शान्तिवाताको सफलतापूर्वक समाप्तीपछि सुरु भएको बताइएको छ ।

दशकौँदेखि युद्धरत यस विद्रोही समूह‘द मोरो इस्लामिक लिबरेशन फ्रन्ट’ को हिंसाका कारण दशौं हजार व्यक्तिको ज्यान गइसकेको बताइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us