छोराद्वारा आफ्नै बाबुको हत्या

काठमाण्डु टुडे २०७० माघ १८ गते ४:५७ मा प्रकाशित

कञ्चनपुर, १८ माघ – कञ्चनपुरको चाँदनी गाविस–१ का २२ वर्षीय तोपबहादुर थापाले आफ्नै ५५ वर्षीय बाबु छविलाल थापाको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन् ।

गएराति आपसी विवाद हुँदा तोपबहादुरले बन्चरो प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बिर्खबहादुर रावलले जानकारी दिए । बाबुको हत्यापछि तोपबहादुर फरार छन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us