हेडमास्टरलाई कालोमोसो दल्ने चार पक्राउ

काठमाण्डु टुडे २०७० माघ १८ गते ४:४७ मा प्रकाशित

pakrau-arrestजाजरकोट, १८ माघ– जाजरकोटको पैक गाविसस्थित जनता उच्च माविका प्रधानाध्यापक तुल्सीदास चौधरीलाई कालोमोसो दल्ने स्थानीय चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पैक–५ का जंगुसिंह र कमल सिंह, पैक–१ का चक्र सिंह तथा पैक–३ का राजु आरसीरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पक्राउ परेकामध्ये राजु सोही विद्यालयमा १२ कक्षा र कमल कक्षा ११ का विद्यार्थी हुन् । कमल र जंगु बाबुछोरा हुन् ।

बुधबार डेराबाट विद्यालय जाने क्रममा उनीहरुले प्रधानाध्यापक चौधरीलाई कालोमोसो दलेर भागेका थिए । सप्तरीका स्थायी बासिन्दा चौधरीको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

बयानका क्रममा केही अभिभावकको उक्साहटमा आफूहरुले चौधरीलाई कालोमोसो दलेको बयान उनीहरुले दिएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर उत्पन्न विवादका कारण प्रधानाध्यापकमाथि दुव्र्यवहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us