एमाले महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज लेख्ने जिम्मा बामदेवलाई

काठमाण्डु टुडे २०७० माघ १७ गते १०:४१ मा प्रकाशित

bamdevकाठमाण्डु, १७ माघ – नेकपा एमालेले पार्टी आगमी नवौं महाधिवेशमा प्रस्तुत गर्ने दस्तावेज लेखनको जिम्मा उपाध्यक्ष बामदेव गौतमलाई दिएको छ ।

बैठकले महाधिवेशमा प्रस्तुत गर्ने दस्तावेजको मस्यौदा तयार गर्ने जिम्मा गौतमलाई दिएको हो ।

‘पार्टीको महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज लेखनको जिम्मा दिन समिति बनाउने प्रस्ताव भएको छ,’ एमाले सचिव शंकर पोखरेलले काठमाण्डु टुडेसँग भने, ‘त्यसका लागि उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा २५ सदस्सीय समिति बनाउने निर्णय भएको छ ।’

यस्तै बैकठले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ ।

बैठकमा संसदीय दलको नेता चयनका विषयमा छलफल भएपनि कुनै ठोस निर्णय भने भएन ।

एमालले २१ गते गर्ने भनेको संसदीय दलको नेताको निर्वाचनको तयारी गर्न पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us