५२ बोरा सुपारी नियन्त्रणमा

काठमाण्डु टुडे २०७० माघ १७ गते ८:५८ मा प्रकाशित

सप्तरी, १७ माघ– सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले विहीबार राति सप्तरीको नर्घाेबाट भारततर्फ अवैध रुपमा लैजान खोजिएकोे ५२ बोरा सुपारी नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायब निरीक्षक जगदीश पासवान र सशस्त्र बेस क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक अगमबहादुर राईको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले नर्घो गाविस–९ स्थित सडकखण्डमा स १ त ४२६ नम्बरको ट्र्याक्टरमा लादेर भारततर्फ लैजाँदै गरेको अवस्थामा राति करिब ११ बजेतिर ती सुपारी नियन्त्रणमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us