राष्ट्रिय सम्मेलनको साटो महाधिवेशन गर्न बाबुरामको प्रस्ताव

काठमाण्डु टुडे २०७० माघ १७ गते ११:४० मा प्रकाशित

baburam_250काठमाण्डु, १७ माघ – एकीकृत माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीले गर्ने भनेको राष्ट्रिय सम्मेलनको साटो केन्द्रीय महाधिवेश गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

शुक्रबार भएको पूर्वपोलिटब्युरो र राज्य संयोजकको छलफलमा भट्टराईले केन्द्रीयस सम्मेलनको साटो महाधिवेशन गरेरै पार्टीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरेका हुन् ।

एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा पार्टीको संगठन सुदृढिकरण, कार्यदिशा निर्माण लगायतका विषयमा वृहत छलफल गर्न राष्ट्रिय सम्मेलनको माग भइरहेका बेला भट्टराईले भने महाधिवेशन गर्ने प्रस्ताव गरेको एमाओवादी नेता देवेन्द्र पौडेलले काठमाण्डु टुडेलाई बताए ।

‘केन्द्रीय समितिमा पनि महाधिवेशनको माग उठेकाले राष्ट्रिय सम्मेलनको साटो महाधिवेशनको प्रस्ताव बाबुराम जीले गर्नुभएको छ,’ पौडेलले भने, ‘बरु केही समय ढिलो गरेर भएपनि महाधिवेशन नै गरौं भन्ने प्रस्ताव उहाँको थियो ।’

यसअघि एमाओवादीले आउँदो वैशाखमा संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने बताएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us