पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधन

काठमाण्डु टुडे २०७० माघ १७ गते २:४६ मा प्रकाशित

Bishwanath_Upadhyayaकाठमाण्डु, १७ माघ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन भएको छ ।

२०४७ सालको संविधानका प्रमुख मस्यौदाकारसमेत रहेका उपाध्यायको गए राति १२ बजे न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

पाँच वर्षदेखि न्युरो अस्पतालको स्वास्थ्य निगरानीमा रहेका उपाध्यायलाई मस्तिष्काघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।

मुटुका रोगी उपाध्यायको फोक्सोमा पनि खराबी भएपछि घाँटीबाट प्वाल पारेर खकार लगायतका विकार पदार्थ निकाल्ने गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us