अघिल्लो संविधानसभामा भएका निर्णयका स्वामित्व ग्रहण हुँदैन : कमल थापा

काठमाण्डु टुडे २०७० माघ १६ गते १२:२२ मा प्रकाशित

काठमाण्डु १६ माघ– राप्रपा नेपालले अघिल्लो संविधानसभाले गरेका निर्णको कुनै पनि हालतमा स्वामत्व ग्रहण गर्न नसकिने स्पष्ट पारेको छ । काठमाण्डुमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले कुनै पनि हालतमा अघिल्लो संविधानसभाको निर्णय स्विकार्न नसकिने स्पष्ट पारेको हो ।

राप्रपा नेपालले सरकारमा नजाने र संविधान निर्माण गर्ने काममा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता समेटिएको १२ बुँदे काठमाण्डु घोषणापत्र पनि सार्वजनिक गरेको छ ।

Kamal-Thapa-Raprapa-Nepalसम्मेलनले पहिलो संविधानसभाबाट प्राप्त उपलब्धिलाई स्वामित्व ग्रहण गर्नु संवैधानिक, राजनीतिक एवं नैतिक कुनै दृष्टिबाट पनि उपयुक्त नहुने भन्दै त्यसले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएको छ । सम्मेलनले सरकार गठन भएको छ महिनाभित्र स्थानीय निकायको चुनाव गर्नुपर्ने माग गरेको छ ।

सर्वधर्म सवभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजस्ंथासहतिको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली एंव उदार आर्थिक नीतिको सिद्धान्त र विचारलाई संस्थागत गर्दै नयाँ संविधानमा स्थापित गर्नुपर्ने लगायत माग राप्रपा नेपालले अघि सारेको छ ।

भ्रष्टाचार निवारणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने तथा अवैध रुपमा आर्जन गरिएको सम्पत्ति कानुनबमोजिम जफत गरी भ्रष्टाचारीमाथि कारवाही गर्नुपर्ने माग पनि सो दलको छ । सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी), एमालेलगायत दलबीच भइरहेको सिन्डिकेटको अन्त्य गरिनुपर्छ ।’

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले एक वर्षभित्र संविधान निर्माण गर्नका निम्ति आफ्नो दलले सक्दो प्रयास गर्ने र आफूहरुको दाबी नभए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका लागि नयाँ निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

तीनदिने सम्मेलनमा थापाले समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धीे र महामन्त्री चन्द्रबहादुर गुरुङले संगठन सुदृढीकरणसम्बन्धी सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us