लेक लागेर चिनियाँ नागरिकको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १६ गते १०:२० मा प्रकाशित

सोलुखुम्बु, १६ माघ– लेक लागेर खुम्जुङमा आज बिहान एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

काठमाण्डुबाट एक्लै खुम्जुङ पुगेका ३२ वर्षीय ओयुआङ रुइटेनको विहीबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको खुम्जुङ ८ सोमारेस्थित एक होटलमा विहान ४ बजे भएको हो । मृत्युबारे चिनियाँ दूतावासलाई जानकारी गराइसकिएको भएपनि उनी कुनै ट्राभल्स एजेन्सीमार्फत नभइ एक्लै आएका कारण प्रक्रियागत समस्या भएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us