संसदमा थप चार अध्यादेश पेश

काठमाण्डु टुडे २०७० माघ १५ गते ५:४० मा प्रकाशित

biccकाठमाण्डु, १५ माघ – सरकारले व्यवस्थापिका संसदमा थप चारवटा अध्यादेश पेश गरेको छ । बुधबार बसेको संसद बैठकमा गृहमन्त्री माधव घिमिरेले पूर्वपदाधिकारीहरुको सुविधा तथा सुरक्षा सम्बन्धी अध्यादेश २०६९ सहित ४ अध्यादेश पेश गरेका हुन् ।

घिमिरेले सुपुर्दगी अध्यादेश २०६९, संगठीत अपराध निवारण अध्यादेश २०६९ र नेपाल नागरिकता पहिलो संसोधन अध्यादेश २०६९ पनि बैठकमा पेश गरेका छन् । सरकारले हालसम्म करिव डेढ दर्जन अध्यादेश पेश गरिसकेको छ ।

संसदको अर्काे बैठक यही माघ १९ गते बस्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us