सिपी मैनाली माले संसदीय दलको नेता

काठमाण्डु टुडे २०७० माघ १४ गते १२:०२ मा प्रकाशित

cp mainaliकाठमाण्डु, १४ माघ – नेकपा मालेले महासचिव सीपी मैनालीलाई संसदीय दलको नेता चयन गरेको छ ।

मंगलबार बसेको मालेको सभासद दलको बैठकले मैनालीलाई संसदीय दलको नेता चयन गरेको हो । यस्तै बैठकले अइन्द्र सुन्दर नेम्वाङलाई सचेतक चयन गरेको महासचिव सिपी मैनालीले जानकारी दिए ।

अहिलेको अवस्थामा सरकार भन्दा पनि संविधान निर्माण प्राथमिकतामा रहेको भन्दै ठुला दल मिलेर सरकार बनाउन मालेले आग्रह गरेको छ । प्रमुख दलहरुले सहमतीय सरकार निर्माणमा मालेको मैनालीको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us