मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १४ गते ३:३३ मा प्रकाशित

कपिलवस्तु, १४ माघ – कपिलबस्तुको बहादुरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कृष्णनगर-चन्द्रौटा सडक खण्डअन्तर्गत बहादुरगञ्ज ७ मा भएको दुर्घटनामा स्थानीय केदारनाथ चौधरी र भिख्खु पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १४ प ११३१ नम्बरको मोटरसाइकल उखु लोड गरेको बयलगाडासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us