एमाले स्थायी समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७० माघ १४ गते २:१७ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १४ माघ – संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न एमाले स्थायी समिति बैठक मंगलबार बस्दैछ । शीर्ष तीन नेताबीच कुरा मिल्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ ।

संसदीय दलको नेता चयनकै क्रममा आगामी बैशाखमा हुने महाधिवेशको नयाँ नेतृत्वका विषयमा समेत सहमति खोज्नुपर्ने अडान केही नेताले लिएपछि स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै आएको हो ।

अध्यक्ष खनाललाई संसदीय दलको नेतामा समर्थन गर्न आगामी महाधिवेशनको नेतृत्वमा आफूलाई सघाउनु पर्ने केपी ओली र माघव नेपाल पक्षको अडान छ । संसदीय दलसँगै आगामी महाधिवेशन पछिको नेतृत्वमा पनि अध्यक्ष खनालसँगै नेता नेपाल र ओलीको दावी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us