पर्वतको पाखापानी छुवाछूत मुक्त

काठमाण्डु टुडे २०७० माघ १३ गते ५:४९ मा प्रकाशित

फलेवास, १३ माघ– पर्वतको पाखापानी गाविसलाई छुवाछुत मुक्त घोषणा गरिएको छ । गाउँमा रहेको छुवाछूत प्रथालाई व्यवहारमा अन्त्य गर्ने उद्देश्यले स्थानीय दलित सञ्जालको पहलमा पाखापानीलाई छुवाछूतमुक्त गाविस घोषणा गरिएको हो । पाखापानी जिल्लाको दोस्रो छुवाछूतमुक्त गाविस हो ।

समतामूलक समाज निर्माण गर्ने उद्देश्यसँगै पाखापानी गाविसलाई जिल्लाको दोस्रो छुवाछूतमुक्त गाविस घोषणा गरिएको राष्ट्रिय दलित विकास संस्थाका कार्यक्रम अधिकृत जितबहादुर नेपालीले बताए ।

पाखापानी गाविसमा कुल जनसङ्ख्यामध्ये झन्डै ४० प्रतिशत दलित समुदायको प्रतिनिधित्व छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us