झापामा प्रतिहजारमा दुई कुष्ठरोगी

काठमाण्डु टुडे २०७० माघ १३ गते २:१५ मा प्रकाशित

भद्रपुर, १३ माघ–झापा जिल्लामा प्रति दस हजार व्यक्तिमध्ये दुई जनामा कुष्ठरोग देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको आयोजनामा नेदरल्यान्ड लेप्रोसी रिलिफको सहयोगमा आइतबार भद्रपुरमा आयोजित ६१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा सो जानकारी दिइएको हो । यस जिल्लामा चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्कका आधारमा १७२ जना कुष्ठरोगी छन् ।

सोमध्ये सातजना बालबालिका र ३२ महिला छन् भने एकजना अङ्गभङ्ग रोगीको उपचार भइरहेको छ । विगतका वर्षहरुका तुलनामा झापामा कुष्ठरोगीहरुको सङ्ख्यामा व्यापक रुपमा कमी आएको छ । एक समयमा यस जिल्लामा प्रति १० हजारमा ५५ जना उक्त रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ । एक तथ्याङ्कअनुसार झापामा कुष्ठरोगबाट अपाङ्ग भएका ६५५ छन् भने मोरङमा ७५४, सुनसरीमा ७६९ र सप्तरीमा ४६७ जना छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us