१९ गतेसम्ममा नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिको आव्हान

काठमाण्डु टुडे २०७० माघ १२ गते १२:२३ मा प्रकाशित

shital niwasकाठमाण्डु, १२ माघ – राष्ट्रपति रामवरण यादवले नयाँ सरकार गठनका लागि एक साताको समय दिँदै नयाँ प्रधानमन्त्रीको नाम दिन राजनितिक दलहरु समक्ष आव्हान गरेका छन् ।

आइतबार साँझ शीतलनिवासले सरकार गठनका लागि १९ गतेसम्मको समय सीमा दिँदै आह्वान गरेको हो । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राजनीतिक दलको सहमतिमा प्रधानमन्त्रीको नाम पेश गर्न राष्ट्रपतिले सात दिनको म्यादसहित विज्ञसिप्त जारी गरेको हो ।

व्यवस्थापिका संसदको पहिलो अधिवेशन आह्वान भएकै दिन शीतलनिवासले सरकार गठनको आह्वान गर्न गरेको हो ।

अन्तरिम संविधानअनुसार राष्ट्रपतिले तोकेको समयमा दलहरुले सहमतिका आधारमा प्रधामन्त्रीको नाम दिन नसके बहुमतीय आधारमा संसदबाट प्रधानमन्त्री छनोट गर्न राष्ट्रपतिले अर्को आह्वान गर्नेछन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको पूर्ण पाठ bigyapti

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us