पोलियो थोपा आज पनि खुवाइदै

काठमाण्डु टुडे २०७० माघ १२ गते २:५० मा प्रकाशित

DSC_2884काठमाण्डु, १२ माघ– शनिबार पोलियो थोपा खान छुटेका पाँच बर्ष मुनिका बालबालिकालाई आइतबार दोस्रो पनि खुवाइदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६८ जिल्लाका पाँच बर्ष मुनिका बालबालिकालाई शनिबार पोलियो थोपा खुवाएको थियो ।

१५ औं चरणको दोस्रो अभियानमा झण्डै ४२ लाख बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाले जनाएको छ । पहिलो चरणमा गत पुस ६ र ७ गते पोलियो थोपा खुवाइएको थियो ।

नेपालमा सन् २०१० देखि पोलियोका रोगीहरु देखिन छाडेका छन् । त्यसैले विश्व स्वास्थ्य संगठनले आगामी महिना नेपाललाई पोलियो शुन्य प्रमाणिकरण गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us