मनले चाहेको जीबनसाथी कसरी पाउने ?

काठमाण्डु टुडे २०७० माघ ८ गते २:५० मा प्रकाशित

marriageसबैलाई आफूले मन पराएकै व्यक्तिलाई जीबन साथी बनाउन पाइयोस् भन्ने चाहना हुन्छ । आफूले मन पराएकै व्यक्ति नभए पनि सबै हिसाबले आफूलाई उपयुक्त जीबन साथी मिलोस् भन्ने सबैले चाहेका हुन्छन् । जीबनमा आफूले सोंचेको र चाहेको जस्तो सँधै कहाँ हुन्छ र ? तर, ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने तपाईंको लागि केही टिप्स छन् । ती टिप्सलाई व्यहारमा उतारेमा मनले खाएको जीबनसाथी पाउन सकिने ज्योतिषशास्त्रीहरुको भनाइ छ ।

टिप्स नं. १

जुन दिन तपाईं वर या कन्या हेर्न जाँदै हुनुहुन्छ, त्यसको एक दिन अघि रातिमा भोजन गरिसकेपछि केवल दूध सेवन गर्नुस् । त्यसपछि प्रसन्नचित्त एवं शुद्ध मनले श्री राम–सीताको चित्रको सम्मुख धूप एवं दीप प्रज्जवलित गरी ‘जानकी जीवन राम’ यो मन्त्रलाई दुई माला जप गर्नुस् ।

टिप्स नं. २

अर्को दिन विहानमा भगवान श्रीराम सीताको समक्ष पुनः धूप–दीप गरेर आफ्नो दायाँ हातको बीचको औंलामा गाजलको बिन्दु लगाउनुस् । अनि आँखा बन्द गरेर ‘ओम नमो भगवते वासुदेवाय नमः’  मन्त्रलाई एक माला जप गर्नुस् । त्यसपछि घाँटीको बायाँतर्फ गाजल लगाउनुस् । यो कुरा पूरा गर्नुभयो भने तपाईंले चाहेको जस्तै जीवन साथी पाउनु हुन्छ ।

टिप्स नं. ३

यदी तपाईं आफ्नो गर्लफ्रेन्ड वा ब्यायफ्रेन्डलाई जीवनसाथी बनाउने सोंचमा हुनुहुन्छ र इसमा बिभिन्न बाधा अड्चन आइरहेका छन् भने साथीको फोटो अघिल्तिर राखेर त्यसको सम्मुख धूप–दीप जलाउनुस्  । त्यसपछि ‘ओम ह्रां ग जूं सः (साथीको नाम लिनुस्) वश्य–वश्य स्वाहा ।।’ यस मन्त्रलाई ३१ हजार पटक जप गर्नुस् । यसो गरियो भने आफ्नो मनले चाहेको व्यक्ति जीवनसाथी पाइने ज्योतिष शास्त्रको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us