दैनिक २० करोड एसएमएसमा अमेरिकी निगरानी

काठमाण्डु टुडे २०७० माघ ३ गते ४:०५ मा प्रकाशित

sms3काठमाण्डु, ३ माघ– अमेरिकाले विश्वका बिभिन्न देशहरुबाट दैनिक २० करोड एसएमएस गोप्य रुपमा संकलन गरी निगरानी गर्दै आएको खुलासा भएको छ । बेलायतका सन्चार माध्यमका अनुसार अमेरिकी सुरक्षा एजेन्सीले गोप्यरुपमा संकलित एसएमएसको विश्लेषण गरी सुरक्षा रणनीति अपनाउने गरेको छ ।

अमेरिकी पूर्व गुप्तचर अधिकारी एडवर्ड स्नोडेनले उपलब्ध गराएको गोप्य दस्तावेजमा सो कुरा उल्लेख रहेको बेलायती पत्रिका ‘गार्डियन’ले उल्लेख गरेको छ ।

अमेरिकी सुरक्षा अधिकारीले गोप्यरुपमा संकलित एसएमएसको अध्ययन र विश्लेषण गरी अन्य देशहरुको बैंकिङ कारोबार, लेनदेन तथा विद्युतीय व्यापार कार्डको बारेमा जानकारी लिई अभिलेख नै तयार पार्ने गरेको समाचारमा जनाइएको छ ।

यो खुलासापछि अन्य मुलुकसँग अमेरिकाको सम्वन्धमा तनाव पैदा हुने विश्लेषण गरिएको छ ।

यसअघि अमेरिकाले विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरुको मोबाइल फोन गोप्य रुपमा रेकर्ड गर्ने गरेको खुलासा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us