एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाण्डु टुडे २०७० पुष २८ गते ४:५० मा प्रकाशित

CPN-UMLकाठमाण्डु, २८ पुस– सरकार गठन लगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो एक बजे बस्ने बैठकमा सरकार गठन र संविधानसभा बैठकमा एमालेको तयारी लगायत बिषयमा छलफल हुने सचिव विष्णु पौडेलले जानकारी दिए ।

साथै आगामी महाधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । एमाले सचिवालयले वैशाख ११ देखि १५ गतेसम्म पोखरामा नवौं महाधिवेशन गर्ने प्रस्ताव तयार पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us