छोरी जन्माउनुस १२ हजार लैजानुस्

काठमाण्डु टुडे २०७० पुष २७ गते १०:१६ मा प्रकाशित

chhatisgharकाठमाण्डु– भारतको छत्तीसगढ राज्य सरकारले दुई वर्षको जन्मातर राखि छोरी जन्माउने दम्पत्तिलाई १२ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

यस्तै सोही अन्तरमा छोरा भए १० हजार रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

सरकारको घोषणा अनुसार पहिलो र दोस्रो सन्तानबीचको जन्मान्तर ३ वर्ष राखेमा वा बच्चा जन्मेको एक वर्षभित्र परिवार नियोजनका स्थायी साधन अपनाउने दम्पत्तीलाई छोरा भएमा ५ हजार र छोरी भएमा ७ हजार अतिरिक्त नगद पुरस्कार दिने समेत जनाएको छ ।

सरकारले जनसंख्या नियन्त्रणका लागि यो योजना ल्याएको शनिबार जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us