ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २७ गते ४:५८ मा प्रकाशित

महोत्तरी २७, पुस – ट्याक्टरको ठक्करबाट जलेश्वरमा शनिबार बिहान एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–१२ मलिवारा बस्ने ७५ वर्षीया कुमारीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बाक्लो हुस्सु लागेको बेला बिहान ४ बजेको समयमा घर अगाडिको खेतमा शौच गर्न निस्केकी कुमारीदेवीलाई ज १ त ५०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि अञ्चल अस्पताल जनकपुरतर्फ लगिरहेको बेला बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर चालक नैन्ही गाविस– ४ बस्ने वर्ष ४० का जगदीश रामलाई आवश्यक कारबाहीका लागि प्रहरीले प्रकाउ गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us