प्रतिस्पर्धी कम्पनी नहुदाँ विदेशी एयरलाइन्सको मनोपोलि –मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७० पुष २५ गते १४:०५ मा प्रकाशित

Ram Kumar shresthaकाठमाण्डु, २५ पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले नेपालमा प्रतिस्प्रर्धा गर्ने एयरलाइन्स कम्पनी नहुदाँ विदेशी एयरलाइन्स कम्पनीहरुको मनोपली बढ्दै आरोप लगाएका छन ।

‘भारतीय एयरलाइन्सदेखि नेपाल आउने सबैजसो एयरलाइन्स कम्पनीहरुले भाडा धेरै लिने गरेकोले त्यसलाई रोक्ने उपाय भनेको नेपालमा लगानी गर्नु भएको हो,’ मन्त्री श्रेष्ठले भने ।

नेपाल पर्यटन बोर्डको १५ औ वार्षिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालका निजी क्षेत्रहरु सधैभरी विदेशी लगानी आवस्यक रहेको नारा लगाउँदै आएको भएपनि कोही विदेशी लगानी गर्न आउँदा डाराउने गरेको आरोप समेत श्रेष्ठले लगाए ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणामा स्थापान भएपनि निजी क्षेत्रमा आउने बोर्ड सदस्यहरुको विवादलेनै साँढे दुई वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाउन नसकेको आरोप लगाए ।

नेपाल पर्यटन बोर्डका निमिक्त प्रमुख कार्यकारी अधिृकत सुवास निरौलाले पर्यटन विकासका लागी आवधिक योजना आवश्यक रहेको बताए । ‘अहिले भइरहेको ६ महिने कार्यक्रमले पर्यटन विकासमा उल्लेख्य प्रगती हुन सकेन,’ निरौलाले भने ।

बोर्डसँग प्रयाप्त स्रोत हुँदा–हुँदै पनि स्पष्ट कार्ययोजना बनाउन नसक्दा अपेक्षित काम हुन नसकेको सिईओ निरौलाले बताए । ‘अहिले बोर्डमा एक अर्ब पुँजी छ, आगामी वर्ष २ अर्ब पुर्‍याउने लक्ष्य रहेको छ,’ उनले भने ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले पर्यटन विकासका लागी ठोस योजना बनाएर हिँड्नुपर्ने बताए । निजी क्षेत्र र सरकार सहकार्य गरेर पर्यटन विकासमा लाग्नुपर्ने बताउँदै उनले राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको सुदृढिकरण पनि उत्तिकै आवश्यक रहेको बताए ।

सोही अवसरमा अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेल र बोर्डका सिईओ निरौलाबीच पर्यटकको डाटा संकलन गर्ने सम्झौता भएको छ ।

अध्यागमन विभागले कर्मचारीको अभाव देखाउँदै नेपाल भित्रिने पर्यटकको डाटा संकलन गर्न छाडेको थियो । जस्ले गर्दा कति पर्यटक नेपाल भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन ।

सम्झौतापछि नेपाल भित्रिने पर्यटकको डाटा संकलन हुने विश्वास लिइएको छ । पन्ध्रौ वार्षिक कार्यक्रम उत्कष्ट कर्मचारीलाई सम्मान समेत गरिएको छ । सन् २०१३ को उत्कृष्ट कर्मचारी महिला तर्फ अर्चना के.सी र पुरुष तर्फ राप्रसाद लामिछाने घोषित भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us