
कास्की, २४ पुस–म्याग्दीको गलेश्वरबाट जोमसोम तर्फ जादै गरेको मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेखेतका ३९ बर्षीय इन्द्र बहादुर थापा रहेका छन् । थापाको थप उपचारको लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।
मंगलबार बेलुकी ध १ प १०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।