टेलिकमले सुनेन हेलो सरकारको गुनासो

काठमाण्डु टुडे २०७० पुष २३ गते १३:५८ मा प्रकाशित

hello sarkarकाठमाण्डु, २३ पुस– हेलो सरकार स्थापना भएयता २७ हजार ३ सय ३४ गुनासो आएकोमा अहिलेसम्म २६ हजार ३ सय २१ वटा फछ्र्याेट भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बासकोटाले २०६८ कात्तिक १७ गते हेलो सरकार स्थापनापछि मंसिर मसान्तसम्म फछ्र्याेट दर ९७ प्रतिशत रहेको बताए ।

उनका अनुसार सबैभन्दा बढी गुनासो गृह मन्त्रालयअन्तर्गत चार हजार, शिक्षा मन्त्रालयअन्तर्गत तीन हजार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत एक हजार ७ सय, भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत एक हजार ६ सय, रहेको छ ।

सबै निकायले प्राप्त भएका गुनासोमाथि शतप्रतिशत नै सम्बोधन गरे पनि उद्योग, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै गुनासाको सम्बोधन नगरेको उनले जानकारी दिए । गुनासो फछ्र्याेटमा सबैभन्दा कमजोर निकाय नेपाल दूरसञ्चार कम्पनी(टेलिकम) छ ।

टेलिकमको नाममा अहिलेसम्म ४ सय ४१ गुनासो प्राप्त भएकामा अहिलेसम्म १ सय ६७ गुनासो मात्रै सम्बोधन भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us