यही हो विश्वकै सबैभन्दा ठूलो सेक्स पार्टी

काठमाण्डु टुडे २०७० पुष १८ गते ५:०९ मा प्रकाशित

sex-festivals1मानव समाज कतिसम्म खुल्ला हुँदै गयो भने अब लुकिछीपी वा बन्द कोठाभित्र होइन सबैको अगाडि खुल्लमखुल्ला यौनक्रिडामा मस्त हुन थालिसके । अझ आश्चर्य लाग्दो कुरा त के भने यस्तो कार्य कुनै एक जोडी बिचमा मात्रै होइन, समूह समूहमा हुन्छ । ठूलै जात्रा वा उत्सवको रुपमा । यस्तो खुल्ला सेक्स पार्टी बिभिन्न देशहरुमा हुने गरेका छन् । यसबारे जानकारी हुदा हुदै पनि सरकारले कुनै रोकटोक लगाउदैन ।

द रिचेष्ट अनलाइनले कहाँ कहाँ, कहिले र कस्ता खालका सेक्स पार्टी हुन्छन् भन्ने कुराको सूची नै तयार पारेको छ ।

 

न्यूड्स–ए–पोप्पिन पेजेन्ट (जुलाई, रोसलॉन, इन्डिआना)

इन्डिआनाको सुनसान जंगलमा हुने यो पार्टीको प्रयोजक पोन्डरोसा सन क्लब हो । जो रोसलानमा अवस्थित छ र इसलाई ‘फेमिली न्यूडिस्ट क्लब’ को रुपमा जानिन्छ । रोसलानलाई देशकै दसौं बिचित्र शरहको दर्जा दिइएको छ । किनकी यस उत्सवको कारण त्यहाँ बिभिन्न प्रकारका गतिविधि हुन्छन् । यस फेस्टिबलमा सहभागीहरुलाई बिभिन्न ट्रफी पनि दिइन्छ । ‘मिस न्यूड गो–गो’ र ‘मिस शो स्टपर’ ट्रफीका नाम हुन् ।

 

सेक्सपो (सेप्टेम्बर, केपटाउन, जोहनेस्बर्ग र डरबन, दक्षिण अफ्रीका)

सेक्सपो काम साहित्यमा केन्द्रित छ । सेप्टेम्बर महिनामा दक्षिण अफ्रिकाका केपटाउन, जोहनेस्बर्ग, डरबनमा यो कार्यक्रम आयोजना हुन्छ । आयोजकको दावी छ की यसको उद्देश्य सेक्सबारे ज्ञान दिनु हो । यो यति लोकप्रीय भयो की, यस्तै प्रकारको प्रदर्शनी सिड्नी र अस्ट्रेलियामा पनि शुरु भएका छन् ।

लभ परेड (जुलाई, बर्लिन, जर्मनी)

‘लभ परेड’ नाम दिइएको सेक्स पार्टी हरेक जुलाई महिनामा जर्मनीको बर्लिन सहरमा हुन्छ । यहाँ महिला–पुरुषहरु खुलेआम सेक्स गरिरहेका हुन्छन् । प्रहरी प्रशासनले पनि कुनै हस्तक्षेप गर्दैन । यसलाई एकता, शान्ति, माया र एकअर्काप्रतिको समझदारीको प्रतीकको रुपमा तर्क गरिन्छ ।

फोलसम स्ट्रीट फेयर (सेप्टेम्बर, सानफ्रान्सिस्को, क्यालिफोर्निया)

यो सेक्स पार्टी हदैसम्मको कामोत्तेजक मानिएको छ । यसलाई देख्नेहरु ‘पागलपनको पनि हद हुन्छ नी’ भन्ने गर्छन् । एक्सोटिक इरोटिकको सबैभन्दा ठूलो उत्सवको रुपमा यसलाई ब्याख्या गरिएको छ । यहाँ उत्तेजक कस्ट्यूम पनि पाइन्छ । हरेक सेप्टेम्बर महिनामा क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा यस्तो सेक्स पार्टी हुन्छ । यस्तै प्रकारको ईभेन्ट आजभोली न्यूयोर्क, बर्लिन र टोरन्टोमा पनि हुन थालेका छन् ।

किङ्की कोपेनहेगेन (अक्टूबर, कोपेनहेगेन, डेनमार्क)

डेनमार्कको कोपेनहेगेनमा एडल्ट फिल्मलाई बैधता दिइएको छ । हरेक अक्टुबर महिनामा कोपनहेगनमा असामान्य सेक्सुअल गतिविधि हुन्छ । असामान्य अन्तरङ्ग फेस्टिबलमा रुची राख्नेहरु यहाँ सहभागी हुनसक्छन् । बडी आर्टका शौख भएकाहरुलाई पनि यो पार्टी उपयुक्त हुन्छ ।

सेक्स सामग्रीको प्रदर्शनी (जुलाई, फिनल्याण्ड)

हरेक जुलाई महिनामा फिनल्याण्डमा सेक्स सामग्रीको प्रदर्शनी हुन्छ । यस प्रदर्शनीले निकै नाम कमाएको छ । सेक्स र सेक्सुएलिटीबारे शिक्षा दिइन्छ । सो क्रममा कल्पना भन्दा बाहिरका कुरा पनि भन्ने गरिन्छ । एक जोडीले कपडा लगाएको अवस्थामा वा निर्वस्त्र अवस्थामा कसरी र के के गर्न सक्छ भन्ने जानकारी यहाँ लिन सकिन्छ । यहाँ भाग लिने नर्तकीहरु पनि निकै सुन्दर हुन्छन् ।

इन्टरनेशनल इरोटिक फिल्म फेस्टिबल (सेप्टेम्बर, बार्सिलोना)

सेप्टेम्बर महिनामा सेक्स फिल्म फेस्टिबलको मजा लिनको लागि तपाईं स्पेनको बार्सिलोनामा रहन सक्नु हुन्छ । भनिन्छ बार्सिलोनाका लेस्बियन सेक्स शो निकै उत्कृष्ट छ । लगभग पचास हजार मानिस यसमा भाग लिने गर्दछन् ।

हट डीआर  (मे, फ्रान्स)

फ्रान्समा फिल्म क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो ओस्कार अवार्डको कार्यक्रम आयोजना हुन्छ । त्यही फ्रान्सको केन्स सहरमा सेक्स पार्टी पनि भव्य हुन्छ । केन्स सहरस्थित समुद्री किनारमा आयोजना हुने कार्यक्रममा एडल्ट इन्डष्ट्रीको सबैभन्दा हट कलाकारलाई पुरस्कृत गरिन्छ । यहाँ सहभागी हुने कलाकारहरु समुद्री किनारमा उँभिएर सन्चार माध्यमलाई नाङ्गो तस्विर खिचाउन तछाडमछाड गर्छन् ।

इरोटिका (नोभेम्बर, लन्डन)

नोभेम्बर महिनामा लण्डनमा सबैभन्दा ठूलो सेक्स सामग्रीको प्रदर्शनी हुन्छ । सेक्ससँग सम्वन्धित २ सय ३० कम्पनिहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राख्छन् । यसको माहौल अनौपचारिक हुन्छ । यो प्रदर्शनिको लोकप्रीयता यति धेरै छ की लाखौं  व्यक्तिहरु यहाँ सहभागी हुन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us