रानीलाई आफ्नो बनाउने भए आदित्यले

काठमाण्डु टुडे २०७० पुष १७ गते ४:१९ मा प्रकाशित

rani-mukharjee1बलिउड अभिनेत्री रानी मुखर्जीका फ्यानहरुलाई नयाँ बर्ष सन् २०१४ मा खुसीको खबर छ । रानीले यही नयाँ बर्षमा विहे गर्दैछिन् । उनको आउँदो फेब्रुअरी १० तारिकमा जोधपुरस्थित उमेद भवनमा विहे हुन लागेको हो ।

भारतीय सन्चारमाध्यमका अनुसार उनले आदित्य चोपडासँग विहे गर्दैछिन् । आदित्य र रानीबीच लामो समयदेखि डेटिङ चल्दै आएको थियो ।

यद्यपी उनीहरु दुबैको परिवारले विहेको औपचारिक पुष्टि गरेका छैनन् । उनीहरु यसलाई एकदमै निजी राख्न चाहेको बताइएको छ ।

नीता अब्बानीको बर्थडे पार्टी सहभागी हुन जोधपुरस्थित उमेद भवनमा गएकोबेला रानीले विहे पनि सोही स्थानमा गर्ने निश्चित गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us