
मानिसहरु पैसा कमाउन अनेक काम गर्छन् । युवतिहरु आफ्नो कुमारीत्व लिलामी गर्न पनि पछि पर्दैनन् । क्यानडाको एक कलेजमा पढ्दै आएकी विद्यार्थी कटरिना मिलिओरिनीले दोस्रोपटक आफ्नो कुमारीत्व लिलाममा राखेकी छन् ।
१५ महिना अघि उनले पहिलोपटक आफ्नो कुमारीत्व सुम्पिनको लागि सार्बजनिक आह्वान गरेकी थिइन् । उनीसँग रात बिताउन जापानको एक करोडपतिले ७ लाख ८० हजार डलर प्रस्ताव पनि गरेका थिए । तर, अन्तिम समयमा यो डिल सफल भएन । त्यसैले कटरिनाले दोस्रोपटक आफ्नो कुमारीत्व लिलामीमा राखेकी छन् ।
हकपोष्टमा छापिएको खबर अनुसार उनले आफू अझै पनि कुमारी नै रहेको भन्दै त्यसको लिलाम गर्न वेबसाइट नै खोलेकी छन् । जस्ले बढि पैसा तिर्न तयार हुन्छ, उसैलाई आफ्नो कुमारीत्व सुम्पिने उनको भनाइ छ । यसअघि उनले पहिलोपटक दिएको समयसीमा १२ डिसेम्बरसम्म थियो । अब भने उनले त्यो समयसीमा बढाउदै १२ फेब्रुअरीसम्म तोकेकी छन् ।
लिलामीको प्रस्ताव नपाएर उनले समयसीमा लम्बाएको भने होइन । उनी अब कुमारीत्व लिलामी मात्रै होइन की बिहे कै प्रस्तावको पर्खाइमा छिन् । अरबको एक करोडपतिले कुमारीत्व भंग गर्न उनले भने अनुसारकै रकम तिर्न तयार रहेको बताएको उनले खुलासा पनि गरेकी छन् । यसमा विहेको समेत प्रस्ताव रहेको उनको दावी छ । यसबारे आफूले बिचार गरिरहेको कटरिनाको भनाइ छ ।
उनले त्यो करोडपति व्यक्तिलाई ११ भाषा आउने र उसको उमेर ३५ देखि ४० बर्षको बीचमा रहेको पनि बताएकी छन् ।