यी हुन् विश्वका चर्चित महिला

काठमाण्डु टुडे २०७० पुष १३ गते १५:४० मा प्रकाशित

margaret-thyacherकाठमाण्डु–विश्वका केही सफल महिलाहरूको सन् २०१३ मा व्यापक मात्रामा चर्चा भयो । चर्चाको शिखरमा रहिन–आइरन लेडीको उपमा पाउन सफल बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर । कुनै पनि विषयमा सही निर्णय लिएँ भन्ने लागेपछि कसैसँग सम्झौता गर्न नचाहने उनको स्वभाव थियो । अपूर्व इच्छाशक्तियुक्त छविका कारण उनी सदैब चर्चामा रहिन् । सन् १९७९ देखि १९९० सम्म अर्थात् बेलायती इतिहासमा सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेकी थ्याचरको निधनको समाचारले विश्वका प्रायः सञ्चारमाध्यममा प्राथमिकता पायो । अप्रिलमा उनको निधनपश्चात् बेलायतमा एकजना महिला प्रधानमन्त्रीका रूपमा उनले लागु गरेका राजनीतिक एवं आर्थिक सुधारका कार्यहरू र नीतिका विषयमा निकै चर्चा भयो । जीवित छँदै किन उनलाई आइरन लेडी भनिएको थियो भन्ने विषयलाई पनि सञ्चार माध्यमले प्राथमिकताका साथ प्रस्तुत गरे ।

malalaचर्चाको शिखरमा रहने अर्की नारी थिइन् – मलाला युसुफजई । पाकिस्तानको स्वात उपत्यकामा जन्मिई स्थानीय एउटा विद्यालयमा अध्ययनरत बालिका युसुफजईलाई तालिवान बन्दुकधारीले सन् २०१२ को अक्टोबर ९ मा टाउकोमा गोली हानी मार्ने प्रयास गरेका थिए । अस्पतालमा उपचार गराइरहेकै अवस्थामा सन् २०१३ मा उनले प्राप्त गरेको पुरस्कार र विश्वका विरलै मानिसले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्ने अवसर पाएर उनी चर्चामा रहिन् ।

एकजना १६ वर्षीया बालिकाले संयुक्त राष्ट्रसङ्घजस्तो विश्व संस्थामा गरेको सम्बोधनले पनि उनलाई चर्चित तुल्याएको थियो । बालअधिकार र बालिका शिक्षाका लागि उनको प्रतिबद्धता देखेर नै बालशिक्षाका क्षेत्रमा राष्ट्रसङ्घले एउटा कोष नै खडा गरेको छ । महिला शिक्षाका लागि अभियान चलाइरहेकी बालअधिकारबादी पाकिस्तानी बालिका युसुफजईको अभियानबाट विश्वका नागरिकले पाकिस्तान र अफगानिस्तानमा तालिवानले गरेका ज्यादतीको बारेमा राम्रैसँग थाहा पाएका छन् ।

चर्चाको शिखरमा रहने अर्की नारी हुन् आङ सान सुकी । नोवेल शान्ति पुरस्कार विजेता तथा करिव दुई दशकसम्म नजरबन्द रहेकी सुकी यस बर्ष पनि समाचार र अन्तर्राष्ट्रिय जगत्मा छाईरहिन । त्यहाँको संसदमा खाली भएका ४५ स्थानमध्ये ४२ स्थानमा नेत्री सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१२ को अप्रिल महिनामा विजय प्राप्त गरेको थियो ।

aan-san-suchi

 

 

 

 

यस वर्ष पश्चिमी राष्ट्रको भ्रमणमा रहँदा प्रजातन्त्र र मानव अधिकारका विषयमा उनले गरेको सम्बोधनले सर्वत्र प्रशंसा पाएको थियो । हाल सैनिक सरकारले ल्याएको प्रत्येक राजनीतिक सुधारलाई सुकीकै योगदानको रूपमा लिइने गरिएको छ । सुकी कै कारण लामो समयदेखि कारावासमा रहेका आस्थाका बन्दीहरूले  रिहा हुने अवसर पाएका छन् ।

यस बर्ष चर्चाको शिखरमा रहने अर्की नारी हुन् थाइल्याण्डकी प्रधानमन्त्री यिङलक सिनावात्रा । सन् २०११ को अगस्तबाट प्रधानमन्त्रीको पद सम्हालेकी सिनावात्राले हाल विपक्षीहरूको सडक आन्दोलनको कारण समस्या भोग्नुपरेको छ ।

Thai PM

आममाफी सम्बन्धी कानुन निर्माण गर्न प्रधानमन्त्री यिङ्लकको दलले थाइल्याण्डको संसदमा गत महिना मात्र आममाफी सम्बन्धी विधेयक ल्याएको थियो । प्रधानमन्त्री यिङ्लकले आफ्ना दाजु थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई देशभित्र ल्याउने र थाई राजनीतिमा पुनः सक्रिय बनाउने प्रयोजनका लागि सो विधेयक ल्याएको भनी थाइल्याण्डको प्रमुख विपक्षी दल डेमोक्र्याटिक पार्टी सहित अन्य दलले आरोप लगाएका थिए ।

चर्को विरोधका कारण उक्त विधेयक पारित हुन पाएन । त्यही बखतदेखि शुरु भएको सरकारविरोधी आन्दोलन चर्कंदै गई आखिरमा प्रधानमन्त्री यिङ्लक मध्यावधि निर्वाचन घोषणा गर्न बाध्य भइन । आगामी फेबु्रअरी महिनामा हुन गइरहेको आम निर्वाचनलाई पनि विपक्षीहरूले स्वीकार गरिरहेका छैनन् । उनीहरूले सो निर्वाचनविरुद्ध पनि आन्दोलन सुरु गरेका छन् । यिङ्लक सरकारले भने सेनाको सहयोगमा निर्वाचन गराएरै छाड्ने अडान लिएको छ ।

सदैब चर्चित अर्की नारी Hilari-Clinton यस वर्ष पनि चर्चाको शिखरमा रहिन् । अमेरिकाको इतिहासमा क्लिन्टनले प्रथम महिला, सिनेटर तथा विदेशमन्त्रीको गहन जिम्मेवारी बहन गरेकी थिइन । भविष्यको अमेरिकी राष्ट्रपतिको रूपमा हेरिएकाले पनि उनी यस वर्ष चर्चित भएकी हुन । रासस (स्रोत: विभिन्न समाचार संस्थाका सामग्री)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us