फेरि जिल्लिए भुवन

काठमाण्डु टुडे २०७० पुष १३ गते १०:२४ मा प्रकाशित

bhuwanकाठमाण्डु, १३ पुस– नायक भुवन केसी यो वर्ष उनले खेलेका फिल्मका कारण भन्दा पनि उनी लागेको पार्टी एमालेका कारण निकै चर्चामा रहे ।

सुरुमा उनलाई एमालले प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

तर कार्यकर्ताको विरोधपछि उनको नाममा रहेको टिकट एमालले विद्या न्यौपानेलाई दियो ।

त्यसपछि राप्रपा नेपालमा प्रवेश गर्न ठिक्क परेका केसीलाई एमालले समानुपनतिकतर्फबाट सभासद बनाउने आश्वासन दियो ।

एमालेले निर्वाचन आयोगमा बुझाएको ३ सय ३५ जनाको बन्द सूचीमा भुवनको नाम भएपनि सभासद भने छानिएनन् ।

दुई वर्ष अघि एमालेमा प्रवेश गरेका भुवन अब कता जालान त्यो भने हेर्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us