यसरी गरिन् रेखाले आफ्नो फाउण्डेसनको उदघाटन (फोटोफिचर)

काठमाण्डु टुडे २०७० पुष १२ गते ११:४२ मा प्रकाशित

Rekha10काठमाण्डु, १२ पुस – अभिनेत्री रेखा थापाले आफू अब समाज सेवामा लाग्ने बताएकी छन् । रेखा थापा फाउण्डेसनको सुभारम्भ गर्दै थापाले चलचित्र र समाज सेवालाई सँगै अघि बढाउने बताइन् ।

थापाले चलचित्र क्षेत्रमा आफूले एउटा उचाइ हासिल गरेको भन्दै अव सामाजिक क्षेत्रमा पनि केही गरेर देखाउने बताइन् ।

आफूमा समाज सेवाका भावना भएपनि कार्यव्यस्तताले त्यतातिर ध्यान दिन नपाएको भन्दै थापाले अब सामाजिक काममा लागिपर्ने बताइन् ।

थापाले रेखा थापा फाउण्डेसनमार्फत आफू सामाजिक काममा व्यस्त हुने बताइन् ।

फाउण्डेसनको सुभारम्भ गर्दै थापाले वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दाङका गणोश बिकको परिवारलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

यस्तै थापाले आफूले यो फाउण्डेसन मार्फत चार जना राउटे बालबालिकालाई पढाउने बताएकी छन् । फाउण्डेसनको उद्घाटन दुई जना राउटे समुदायकै प्रतिनिधिले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us