विश्वकै तेस्रो डरलाग्दो लुक्ला विमानस्थल (भिडियोसहित)

काठमाण्डु टुडे २०७० पुष ११ गते ९:१८ मा प्रकाशित

Luklaकाठमाण्डु– तेन्जिङ हिलारी विनस्थलको नामले चिनिने सोलुखुम्बुको लुक्ला विनास्थल संसारकै सर्वाधिक डरलाग्दो मध्येको तेस्रो रहेको छ ।

सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको यो विमानस्थल माथिको आकाश अधिकांश समय बादलले ढाकेको हुन्छ भने बतास पनि तीव्र गतिमा चलिरहन्छ । यहाँको मौसम अनुमान गर्न नसकिने खालको हुन्छ ।

साना हेलिकप्टर मात्रै बस्न सक्ने यो विमानस्थलको रन वे ४ सय ६० मिटर लामो मात्रै रहेको छ । यसो भौगोलिक अवस्थाका कारण विमानस्थलमा आउने विमानले मात्रै यो रन वे प्रयोग गर्न सक्छन् भने बाहिरिनेले अर्कै रनवे प्रयोग गर्नुपर्छ ।

दि रिचेस्ट डट कमले हालै सार्वजनिक गरेको विवरण अनुसार यो सूचिका पहिलो नम्बरमा गिब्रल्टार अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यस्तै दोस्रोमा मडेरिया विमानस्थल र तेस्रोमा नेपालको तेन्जिङ हिलारी विमानस्थल रहेको छ ।

विश्वकै १० डरलाग्दा विमानस्थलको सूचिको चौथो नम्बरमा टोन्कोन्टिन विमानस्थल, पाचौंमा बर्रा विमानस्थल, छैटौंमा कउरकेभेल विमानस्थल, सातौंमा आइस रनवे, आठौंमा गुस्ताफ विमानस्थल, नवौंमा गुआन्को विमानस्थल र दशौंमा काम्दो बाम्दा विमानस्थल रहेका छन् ।

यो विमानस्थलमा १९७३ देखि दुर्घटना हुन थालेको हो । पछिल्लो पटक २६ सेप्टेम्बर २०१३ मा यहाँ विमान दुर्घटना भएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us