सबैभन्दा पहिले नाङ्गो सिन दिने यिनै हुन्

काठमाण्डु टुडे २०७० पुष १० गते ४:४२ मा प्रकाशित

simi-movieनग्नता र चलचित्र आजभोली पर्याय जस्तै भएका छन् । नग्न दृष्य बिनाका चलचित्र पाउन मुस्किल परिसक्यो । कतिपय नेपाली फिल्मलाई समेत १८ बर्षभन्दा माथिकाले मात्रै हेर्न मिल्ने भनेर सर्टिफिकेट दिन थालिएको छ ।

बलिउडमा नेपालको भन्दा कैयौं गुणा नाङ्गा फिल्म बन्दै आएका छन् । बलिउडमा पछिल्लो पटक नायीका शर्लिन चोपडा पूरै नाङ्गो भएको ‘कामसुत्र’ नामक फिल्म आएको छ बलिउडमा । तर, शर्लिन चोपडा ‘न्यूड’ सिन दिने पहिलो अभिनेत्री भने होइनिन् । बलिउडमा सबैभन्दा पहिले न्युड सिन दिने नायीका हुन् सिमी ग्रेवाल । ‘मेरा नाम जोकर’, ‘कर्ज’, ‘दो बदन’ जस्ता हिट फिल्ममा उनले अभिनय गरेकी छन् ।

सिमीले न्यूड सीन फिल्म ‘सिद्धार्थ’ मा दिएकी थिइन् । सो फिल्ममा नायक छन् शशि कपुर । १९७२ मा आएको फिल्म सिद्धार्थमा सिमी ग्रेवालले बलीउडको पहिलो न्यूड सीन दिएर सनसनी फैलाइदिइन् । कोनराट रुक्सको यो फिल्ममा भएको न्यूड सीनले यति बबाल मच्चियो की भारतमा रिलिज हुनै पाएन । यो फिल्मको शूटिङ्ग भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेश र भरतपुर जस्ता स्थानमा गरिएको थियो ।

simi-nude

राजकपूरको फिल्म ‘मेरा नाम जोकर’ मा पनि सिमीले केही हट सिन दिएकी छन् । सिमी केबल फिल्मको पर्दामा मात्र होइन, उनको निजी जिन्दगीमा पनि निकै बिन्दास रहिन् । सिमीले आफ्नै वेबसाइटमा आफ्नो प्रेम कहानीबारे लेखेकी छन्, ‘म १७ बर्षमै प्रेममा परें, जो जामनगर को महाराजा बने ।’ भनिन्छ ८० को दशकको शुरुआतमै सिमीको एक पाकिस्तानकी व्यापारी सलमान तासीरसँग लामो अफेयर चलेको थियो । दुबै विहेको लागि पनि तयार भएको खबर सार्बजनिक भएका थिए । तर, त्यो बिचमै तुहियो । सलमान पछि पाकिस्तानको पन्जाब प्रान्तको गर्भनर समेत बनेका थिए ।

simi-award1

सिमीले पुरानो दिल्लीको शाही चुन्नलमल परिवारका रवि मोहनसँग विहे गरिन् । तर, वैवाहिक जीवन लामो समयसम्म चल्न सकेन । यद्यपी उनले सोही परिवारसँग आफू अझै नजिक रहेको बताउँदै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us