
बलिउडका महानायक अमिताभ बच्चनको उमर कति भयो होला ? तपाईंहरु मध्ये धेरैलाई थाहा हुनसक्छ । थाहा नहुनेहरुले पनि सहजै अनुमान लगाउनु होला ‘७०–७५ वर्ष’ ।
यदि यस्तै अनुमान लगाउनु भयो भने अब तपाईं गलत हुनुहुने भएको छ । उनी त १०२ वर्षको भैसकेका छन् । तर, बास्तविक जीवनमा होइन फिल्ममा ।
‘बिग बी’ले निर्माण गर्न लागेको फिल्म ‘१०२ नट आउट’ मा ७१ वर्षिय अमिताभ बच्चन १०२ वर्षिय वृद्धको भुमिकामा देखिन लागेका हुन् । अहिले उनलाई १०२ वर्षको भूमिकामा देखाउन सक्ने ‘मेकअप आर्टिष्ट’को खोजी भैरहेको छ ।
सो फिल्ममा उनको छोरोको भूमिकामा परेश रावल देखिने छन्, उनको उमेर ७५ वर्ष हुनेछ । फिल्मको निर्देशन भने उमेश शुक्लाले गर्ने छन् । उनले अक्षय कुमार र परेश रावललाई लिएर सुपरहिट फिल्म ‘ओ माई गड’को निर्देशन गरेका थिए ।
जस्तोसुकै भूमिकामा पनि दुरुस्तै देखिने यी महानायक १०२ वर्षीय वृद्धको भुमिकामा कस्तो देखिने हुन् त्यो हेर्न भने केही समय कुर्नै पर्ला ।