रणबीर कपूर अझै भर्जिन ?

काठमाण्डु टुडे २०७० पुष ८ गते ८:४३ मा प्रकाशित

imagesरणबीर कपूर, बलिउडका चल्ताफिर्ता नायक । बलिउडमा आफूलाई सफल नायकको रुपमा स्थापित गरिसकेका यी हिरो अहिले निकै चर्चामा छन् । ‘कफी विद करन’ नामक टेलिभिजन कार्यक्रममा उनले आफू अहिलेसम्म भर्जिन भएको बताएपछि धेरैजना आश्चर्यमा परेका छन् । अहिले यस्तो आवाज उठ्न थालेको छ कि, ‘रणबीर यस्तो कुरा कसरी गर्न सक्छन् ?’ उनले यसभन्दा अघि नै एक अन्तरवार्तामा भनिसकेका छन्, ‘स्कुल पढ्दै गर्दा गर्लफ्रेण्डसँग शारीरिक सम्बन्ध भैसकेको छ ।’
त्यसका अलावा फरक–फरक नायिकाहरुसँग लामो समय अफेयरमा रहेका रणबीर कसरी भर्जिन हुनसक्छन् ? बलिउड नगरीमा अहिले यो प्रश्न धेरैको मुखमा झुण्डिएको छ ।

आउनुहोस् अब जानौं रणबीर कपूरको अहिलेसम्मका गर्लफ्रेण्डहरुको बारेमा ।

पहिलो गर्लफ्रेण्ड कपूर खान्दानकै
1रणबीर कपूरको पहिलो फिल्म सांवरिया हो । यस फिल्ममा उनीसँगै काम गरेकी थिइन अनिल कपूरकी छोरी सोनमले । सोनमको पनि पहिलो फिल्म त्यही हो । यसै फिल्म पश्चात रणबीर र सोनमको अफेयर चलेको थियो । एक टेलिभिजन कार्यक्रममा सोनमले यो कुरा स्विकारी सकेकी छिन् ।

 

 

 

 

दिपिकासँग वर्षौंको सम्बन्ध
ranbir-deepikaबचना ऐ हसीनों फिल्म पछि दिपिका पादुकोन र रणबीर कपुर एकअर्कामा नजिक भए । सोही समयबाट सुरुभएको अफेयर लामो समयसम्म चलेको थियो । यतिसम्म भएको थियो कि दुबैको परिवारमा समेत यो कुराको जानकारी थियो र आवत–जावत पनि राम्रै थियो । रणबीर र दिपिकाले बिबाह गर्दैछन् भन्नेसम्मको हल्ला पनि चलेको थियो, तर त्यत्तिकै टरेर गयो ।

 

 

कट्रीनासँग रोमान्स
ranbir-and-katrina-in-bikni-52aed7d6e3fad_exlstपछिल्लो समय कट्रीना कैफसँग अफेयरमा रहेका रणबीर यही सम्बन्धलाई लिएर चर्चाको केन्द्र नै बनेका छन् । सलमान खानलाई छाडेर रणबीरसँग नजिकिएकी कट्रीना रणबीरसँगै बिकिनीमा देखिएपछि उनीहरुको अफेयरको कुरा छताछुल्ल भएको थियो । कट्रीनासँगको सम्बन्धको कुरा रणबीरले सार्वजनीक रुपमा नै स्विकारी सकेका छन् । दुबैको परिवारपनि सकारात्मक रहेकाले लगनगाँठो कस्नेसम्मको कुरा भैरहेको छ ।

 

 

 

अब तपाईं आफैं अनुमान लगाउनुहोस् रणबीर भर्जिन होलान् कि नहोलान् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us