पर्यटन प्रवर्द्धन गर्न चलचित्र

काठमाण्डु टुडे २०७० पुष ८ गते २:१० मा प्रकाशित

flim Bhumikaसिन्धुली–पर्यटन प्रवर्द्धन गर्नको लागि सिन्धुलीका युवाहरुले चलचित्र निर्माण गरेका छन् । सिन्धुलीका युवा कलाकारहरुले सिन्धुली तथा सिन्धुली आसपासका एतिहासिक तथा मनोरम दृष्यहरुलाई पर्दामा उतार्ने र युवाहरुलाई दुर्वेसनीबाट जोगाउने उद्देश्यले चलचित्र ‘भुमिका’ निर्माण गरेका हुन् ।

नेश्नल चलचित्र मुभिज् एण्ड रिसर्ज सेन्टरको व्यानरमा निर्मित चलचित्रलाई सिन्धुलीका कलाकार राजविक्रम बस्नेत, किरण श्रेष्ठ र सुमन आईडूले निर्माण गरेका छन् । एकल पुर्वाछाने मगरद्वारा निर्देशित चलचित्रमा सुमन आईडू, सन्ध्या घतानी, समिर श्रेष्ठ, मुना थापा मगर, नविन न्यौपाने लगाएत १ सय ५० भन्दा वढी कलाकारले अभिनय गरेका छन् ।

स्थानीय स्तरका कलाकारले सिन्धुलीको पर्यटकीय प्रवर्द्धन तथा युवालाई दुर्वेसनिबाट जोगाउने उद्देश्यले निर्माण गरेको भए पनि व्यवसायिक चलचित्र भन्दा कम नभएको निर्माता किरण श्रेष्ठ वताउँछन् । भुमिका चलचित्र व्यवसायिक चलचित्र जस्तो सुत्रमा आधारित चलचित्र नभएर मौलीक चलचित्र भएको श्रेष्ठ दावी गर्छन् ।

यस चलचित्रमा सिन्धुलीका ऐतिहासिक क्षेत्र सिन्धुली गढी, रमणीय क्षेत्रहरु वीपी राजमार्ग, सुनकोशी नदी, धार्मिक क्षेत्र कमलामाई मन्दिर, शिद्धबाबा मन्दिर, कालिमाई मन्दिर, जलकन्या मन्दिर लगाएतको दृष्य देख्न सकिन्छ ।

यो चलचित्र सिन्धुली, रामेछाप, महोत्तरी लगाएतका हलहरुमा पुस २५ गतेबाट एक साथ लाग्ने निर्माता राजविक्रम बस्नेतले जानकारी दिए । आईतवार चलचित्रको प्रिमियर सो गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us