‘धूम–३’ ले कमायो २ दिनमै सय करोड

काठमाण्डु टुडे २०७० पुष ८ गते ६:३६ मा प्रकाशित

DHOOM-3यशराज ब्यानरमा बनेको चर्चित फिल्म ‘धूम–३’ ले एकपछि अर्काे रेकर्ड तोड्दै गएको छ । फिल्मले रिलिज भएको दुई दिनमा नै सय करोडको आंकडा पार गरेको छ । गएको शुक्रबार रिलिज भएको ‘धूम–३’ ले दुई दिन मै १ सय ९ करोड कमाएको छ ।
यस वर्षको सबैभन्दा चर्चित फिल्मको रुपमा चर्चामा रहेको ‘धूम–३’ ले पहिलो सातामा नै २ सय करोडको आंकडा पार गर्ने अड्कल काट्न थालिएको छ ।
‘धूम–३’ले बलिउड बक्स अफिसमा रिलिज भएको पहिलो दिन नै करिब ४० करोड रुपैयाँ कमाउँदै रेकर्ड कायम गरेको थियो ।
यसअघि शाहरुख खानको ‘चेन्नाइ एक्प्रेस’ले पहिलो दिनमै करिव ३३ करोड कमाएको थियो । फिल्मको कूल लागत करिब सय करोड रहेको बताइएको छ ।
यस फिल्ममा आमिर खान नकारात्मक भूमिकामा देखिएका छन् । उनका अलावा कट्रीना कैफ, अभिषेक बच्चन तथा उदय चोपडाको जबर्दस्त भूमिका रहेको छ । धूम ३ भारतको ४ हाजार सिनेमा घरमा एकैसाथ रिलिज गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us