
काठमाण्डु, २ पुस- यो वर्षको नातिकाजी पुरस्कार ९ जनालाई दिइने भएको छ ।
नातिकाजी स्मृति समाजले यो वर्षको नातिकाजी विशेष सङ्गीत सम्मानबाट गीतकार राजेन्द्र थापा, गायक ध्रुव केसी र सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
यस्तै नातिकाजी सङ्गीत पुरस्कारबाट गीतकार डा कृष्णहरि बराल, गायिका लोचन भट्टराई र सङ्गीतकार न्ह्यू वज्राचार्यलाई सम्मान गर्ने भएको छ ।
त्यसैगरी गीतकार बसन्त चौधरी, गायिका मिलन अमात्य र सङ्गीतकार हरि लम्साललाई नातिकाजी लोकप्रिय सङ्गीत पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।
परस्कारको राशी ११ हजार १ सय ११ रहेको नातिकाजी स्मृति समाजका अध्यक्ष सम्भुजित बाँस्कोटाले जानकारी दिए ।