७ मिनेटमा ६ करोड असुल्छिन् प्रियंका

काठमाण्डु टुडे २०७० पुष १ गते १३:०६ मा प्रकाशित

बलिउड अभिनेत्री प्रियंका चोपडा पनि अब स्टारहरुमा गनिन थालेकी छिन् । जसले नयाँ वर्षको पार्टीमा मा नाचेर मात्र करौडौं कमाउन सक्छन् । यस नयाँ वर्षमा प्रियंका चेन्नईको एक इभेन्टमा ‘स्टेज डान्स’को प्रस्तुतिमा देखिनेछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो इभेन्टमा उनले ७ मिनेटको नाच्नका लागि ६ करोड रुपैयाँ लिँदैछिन् । धेरैलाई विश्वास लागेको छैन कि, नयाँ वर्षको धमाकेदार कार्यक्रममा प्रियंकाले पनि यति धेरै पैसा लिइरहेकी छिन् ।

यसको ठिक विपरित अरु कलाकारका प्रस्तुतिका लागि निकै धेरै हुँदा पनि २ देखि ३ करोड भारतीय रुपैयाँ खर्च हुने गरेको छ । प्रियंका चोपडाले नयाँ वर्षको समयमा ‘रामलीला’को गीत ‘राम चाहे लीला’मा आफ्नो दमदार प्रस्तुति दिनेछिन् ।

उनले सो कार्यक्रममा यसबाहेक आफ्नै गीतमा पनि दर्शकलाई मनोरञ्जन दिनेछिन् । पाश्चात्य शैलीका गीतमा उनी एक क्षमतावान गायिका पनि हुन् । उनले सो इभेन्टका लागि आफ्नो नाचमा आफैले कोरियोग्राफी समेत गर्दैछिन् ।

actress-priyanka-chopra-in-dance-set

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us