चितवनमा थ्रीजी सेवा

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १२:५८ मा प्रकाशित

चितवन– दूरसञ्चार कार्यालय चितवनले मोबाइलमा थ्रीजी सर्भिसमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

आइतबारदेखि चितवनका विभिन्न क्यान्सर अस्पताल, सप्तगण्डकी चोक दूरसञ्चार कार्यालय, नारायणगढको पुल्चोक, पुतलीबजार र सौराहाको ठमेल चोकमा टावर निर्माण थालिएको छ ।

एक वर्षभित्र जिल्लाका विभिन्न ४० स्थानमा यो सेवा उपलब्ध हुनेछ । काठमाण्डु र पोखरापछि अब नारायणी अञ्चलमा पहिलो पटक चितवनमा यो सेवा सुरु गरिएको हो ।

यसबाट इन्टरनेटमा सहज पहुँच र प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिने छ । सो सेवा उपभोग गर्न थ्रीजी मोबाइल सेट आवश्यक हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us