
बलिउड सुपरस्टार ऋतिक रोशन आफ्नी बालकैदेखिको साथी तथा श्रीमती सुजेनसँग अलग भएका छन् ।
ऋतिकको तर्फबाट जारी एक बयानमा सुजेनले अलग हुने फेसला गरेकी कारण अलग भएको बताइएको छ । ऋतिकले भनेका छन्, ‘सुजेनले मसँग अलग हुने निर्णय गरिन् । हामी दुईको १७ वर्षको साथ टुंगिएको छ ।’
‘यो मेरो र हामी दुवैको परिवारको लागि निकै तनावपूर्ण समय भएको छ साथै मिडिया तथा आम मानिसमा यस समयमा हाम्रो व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछु’, उनले भने ।
ऋतिकले आफ्ना प्रशंसकहरुप्रति आभार व्यक्त गर्दै आफ्नो बारेमा चिन्ता गर्ने सबैप्रति कृतज्ञ रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो उपचार सही रुपमा चलिरहेको । छिट्टै म निको हुन्छु र जिन्दगीमा फेरिक फर्कन्छु ।’