ब्लु फिल्म खेल्दाको अनुभव साटिन् सनीले

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ४:२४ मा प्रकाशित

sunnyभारतीय मूलकी क्यानाडाई अभिनेत्री सनी लियोन पोर्न स्टार हुन् । उनका नीला फिल्म प्रशस्तै छन् । नीला फिल्म खेल्दा खेल्दै भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘बिगबोस’ हुँदै बलीउडमा छिरेकी सनीले एडल्ट फिल्म इन्डष्ट्रीबाट बिदा भएको बताएकी छन् । उनले आफ्नो व्यक्तिगत जीबनबारे पनि धेरै कुराको खुलासा गरेकी छन् यो अन्तरवार्तामा ।

डल्ट स्टारबाट बलीउड हीरोइन, कस्तो भयो यो यात्रा ?

यो बिल्कुल ३६० डिग्रीवाला बदलाव हो । म सँधै एक मूलधारको हीरोइन बन्न चाहन्थें । साँच्चै भन्ने हो भने एक एडल्ट फिल्म स्टार को लागि यस प्रकारको मूलधारको सिनेमामा आउनु लगभग असम्भव जस्तै हुन्छ । तर म भाग्यमानी भएँ किनकी मलाई बलिउडमा दर्शकहरुले स्वीकारेका छन् ।

कति अप्ठेरो भयो बलीउडमा स्थान बनाउन ?

मलाई लाग्छ बिग बोस कार्यक्रबाट मेरो यात्रा सजिलो भयो । हरेक रात १० बजे टीभी मार्फत् सबैले आफ्नो कोठमा बसेर असली सनी लियोनलाई देखेका छन् । मलाई अरु कुनै सामान्य मान्छेले जस्तै घर सफा गर्ने, खाना पकाउने गरेको देखे सबै दर्शकले । यसबाट ति दर्शकको नजरमा एक नयाँ छवि बन्यो । यदि म सिधै बलिउड फिल्ममा काम गर्न थालेको भए सायद कसैले स्वीकार्दैनथे ।

sunny-leone3

के तपाईं अझै पनि पोर्न फिल्ममा काम गर्नु हुन्छ ?

अहँ, धेरैलाई के भ्रम छ भने म अझै पनि पोर्न फिल्ममा काम गर्छु भनेर । बिग बोसमा आइसकेपछि मैले यो काम बन्द गरिसकेकी थिएँ । तर, स्पष्ट रुपमा भन्नुपर्दा मेरो अतित, जुन इन्टरनेटमा छ, त्यसलाई मैले हटाउन सक्दैन । मैले पोर्न फिल्मबाट हट्ने शुरुआत २००८ मै गरेकी थिएँ । त्योबेला मैले आफ्नो पतिको साथ एक प्रोडक्शन कम्पनि बनाएकी थिएँ, जसले एडल्ट फिल्म बनाउथ्यो । यो मेरो कदम हीरोइनको काम छोडेर प्रोड्युसर बन्ने तर्फ मोडिएको थियो ।

एडल्ट फिल्मको पहिलो अनुभव कस्तो थियो ?

हेर्नुस्, तपाईंले यो सम्झनुपर्छ की यो एक व्यापार थियो । एक व्यवसायीक काम जस्तै हो । यो यस्तो कम्पनि हो, जसमा अरबौं डलर खर्च हुन्छ तर कहिल्यै घाटा सहनु पर्दैन । त्यसैले मेरो दिमागमा एडल्ट फिल्ममा काम गर्नेबेला धेरै पैसा बिजनेस गर्ने सोंच आयो, ताकि जुन प्रोड्युसरसँग मेरो कामको सम्झौता भएको थियो, उसको सपना नटुटोस् । मैले पहिलोपटक पोर्न फिल्ममा काम गर्दा मेरो पार्टनर मेरो आफ्नै ब्यायफ्रेन्ड थियो । त्यसपछि मैले निकै थोरै मान्छेसँग यसखालको फिल्ममा काम गरें । पहिलो फिल्मको पार्टनर जुन मेरो ब्यायफ्रेन्ड थियो, अहिले त्यही मेरो पति छ ।

sunny-leone2

पोर्न इन्डष्ट्रीमा काम गर्दा परिवारबाट कस्तो प्रतिक्रिया आयो ?

स्पष्ट छ, कुनै एक सामान्य परिवारको जस्तै प्रतिक्रिया आयो । सबैभन्दा पहिलो यो कुरा मैले मेरो बुवालाई भनें । पहिले उहाँ निकै रिसाउनु भयो, यति ठूलो निर्णय लिनुभन्दा अघि किन सल्लाह नगरेको भनेर । पछि उहाँले मलाई एक सल्लाह पनि दिनुभयो, जुन कुरा मैले मेरो दिमागमा सँधै राख्ने गर्छु । उहाँले के भन्नु भएको थियो भने, जे गरे पनि सफल हुने गरी गर ।

एक पत्नी र बहिनीको रुपमा सनी लियोन कस्तो छे ?

घरमा कुनै पनि सामान्य पत्नी जस्तै छु । म र मेरो पति सँगै भान्छामा काम गर्छौं, फिल्म हेर्छौं । एक बहिनीको रुपमा म आफ्नो दाजुको लागि निकै रक्षात्मक छु । मेरा माता–पिता हुनुहुन्न । उसलाई कुनै चीजको कमी महसुस नहोस् भनेर म सँधै कोशिश गरिरहन्छु ।

पुरुषहरुमा के राम्रो, के नराम्रो लाग्छ ?

मलाई बुद्धिमान पुरुष निकै मन पर्छ । यदी कसैले धेरै परफ्युम लगायो भने मरो मूड खराब हुन्छ ।

तपाईंको मनपर्ने बलीउड फिल्म ?

आशिकी टु । यो हेर्नेबेला म एकदमै रोएकी थिएँ ।

(भारतीय टेलिभिजन आजतकलाई दिइएको अन्तरवार्ता)

Sunny-Leone

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us