अख्तियारले राष्ट्रपतिलाई बुझायो ११ हजार उजुरीको प्रतिवेदन

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १२:०० मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, २४ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति डा. रामवरण यादवसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै ११ हजार २ सय ९८ उजुरी परेको जनाएको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिहं कार्कीले सोमबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै ६ हजार ६ सय ७२ वटा उजुरीहरु फछ्र्यौट भएको जनाएका हुन् ।

पाँच विकास क्षेत्रको कार्यालयमा परेका ४ सय ४८ उजुरी मध्ये १ सय ४५ वटा फछ्र्यौट भएका छन् भने जिल्ला प्रशासन कार्यालयमा २ हजार १ सय ४१ उजुरीहरु परेकोमा ९ सय फछ्र्यौट  भएका छन् । अन्य १ हजार २ सय ४१ वटा उजुरीहरु क्षेत्रीय कार्यालयमा हस्तान्तरण हुने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

ती उजुरीहरुमा असूल उपरमा ३४, सचेततामा ४१, सुझाव तथा निर्देशनमा १ सय २५, विभागीय कारवाहीमा ८० र ध्यानाकर्षणमा ३८ वटा छन् ।

यस वर्ष विशेष अदालतबाट अख्तियारले हालेको मुद्धामा सुनुवाई हुँदा ९५ मुद्धामध्ये ७६ मुद्धामा सफलता पाएको जनाएको छ । आयोगबाट यस आर्थिक वर्षमा ५३ करोड ७० लाख ९ हजार ३ सय ६६ रुपैयाँ ७४ पैसा बिगो माग दावी गरी मुद्दा दायर भएको छ । त्यस्तै अनुसन्धान पुरा गरी ४ करोड ९५ लाख ३२ हजार ६ सय ३० रुपैयाँ १६ पैसा असूल गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us