पाँच दलले बुझाए समानुपातिक सभासदको सूची

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ५:४२ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, २४ मंसिर– निर्वाचन आयोगमा समानुपातिक तर्फको सभासदको सूची बुझाउने क्रम जारी छ । हालसम्म पाँचवटा दलले समानुपातिक तर्फको सभासदको सूची बुझाइसकेका छन् । आयोगका अनुसार राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, खम्बुवान राष्ट्रिय मोर्चा र समाजवादी जनता पार्टीले सभासदको नामावली बुझाएका हुन् । राप्रपा नेपालले २४, राष्ट्रिय जनमोर्चाले ३, परिवार दलले दुई र अरु दलले एक–एक सिट पाएका छन् ।

निर्वाचन आयोगले समानुपातिक तर्फको सभासदको सूची बुझाउन आउँदो मंगलबारसम्मको समयसीमा दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us