
बैंकक, २१ मङ्सिर–थाई प्रधानमन्त्री यिङलक सिनावात्राले पूर्व योजना अनुसारका आफ्ना तीनवटा विदेश भ्रमण रद्द गरेकी छन । देशमा हाल जारी रहेको राजनीतिक संकटको कारण उनले आफ्नो भ्रमण रद्द गरेको सरकारी प्रवक्ताले शुक्रबार जानकारी दिएका छन ।
आगामी डिसेम्बर ८ देखि ९ सम्म रसियाको भ्रमण, डिसेम्बर ११ मा म्यानमारमा हुन गइरहेको २७ औँ दक्षिण पूर्वी एसियाली खेलकुदको उद्घाटन समारोह र डिसेम्बर १२ देखि १५ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुन गईरहेको आसियान¬¬¬(जापान सम्मेलनका लागि प्रस्तावित उनका भ्रमण रद्द भएको हो ।
यिङलकले २७ औँ दक्षिण पूर्वी एसियाली खेलकुद को उद्घाटन समारोह र डिसेम्बर १२ देखि १५ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुन गईरहेको आसियान¬¬¬(जापान सम्मेलनका लागि आफ्नो सट्टा एक, एक जना मन्त्री पठाउने निर्णय गरिएको उनका प्रवक्ताले
बताए ।
लामो समयदेखि चलिरहेको सरकार बिरोधी प्रदर्शनथाईल्यान्डका नरेशको ८६ औँ जन्मदिनको अवसरमा बिहीबार एकदिन स्थगित गरिएको थियो ।
यसैबीच राजधानी बैंककको छिमेकी जिल्ला आयुत्थ्यामा आगामी मङ्गलबार सरकार समर्थक लाल पोशाकधारीहरूले बिशाल जुलुस प्रदर्शन आयोजना गर्ने बताइएको छ ।
शुक्रबार बिहान सबेरै पनि सरकार विरोधी प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच भएको झडपमा तीन व्यक्ति घाइते भएका छन् । रासस/सिन्ह्वा