
काठमाण्डु, २० मंसिर– विभिन्न किसिमका सौन्दर्य प्रतियोगिताको भिडमा नर्सहरुबीच पनि ‘मिस नर्स ट्यालेन्ट हन्ट’ प्रतियोगिता हुने भएको छ ।
सो प्रतियोगितामा एक वर्षसम्म अध्ययन गरिसकेका ८० बढी नर्सिङ कलेजका विद्यार्थी नर्स र १ सय बढी अस्पतालहरुमा कार्यरत १७ वर्ष देखि २४ वर्ष उमेर समूहका कम्तिमा ५ फिट हाईट भएका नर्सहरुवीच प्रतिष्पर्घा गराईने आयोजक नेक्स्ट मोडेल नेपालले बताएको छ ।
आउँदो माघ ११ गते हुने सो सौन्दर्य प्रतियोगिताको देशका प्रमुख शहरमा गरिने ओडिसन बाट छनोट गरिएका ३० उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिष्पर्धा गराउने विभिन्न १२ विद्यामा पुरस्कृत गरिने नेक्स्टका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले बताए ।
प्रतियोगिताको उपाधी स्वरुप ५० हजार पुरस्कार सहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति र उत्कृष्ट १० मा पर्नेलाई रोजगार दिने व्यवस्था गरिएको जनाइएको छ ।