
काठमाण्डु, १७ मंसिर– सरकार विरोधी प्रदर्शन जारी राखेका थाईल्याण्डका प्रदर्शनकारीले सोमबारदेखि अनिश्चितकालीन आमहड्ताल शुरु गरेका छन् । प्रधानमन्त्री यीङ्लक सिनावात्राको राजीनामा र नयाँ चुनाव गराउन माग गर्दै विपक्षी दलको नेतृत्वमा थाइल्याण्डमा ९ दिन अघिदेखि प्रदर्शन जारी छ ।
केही दिनसम्म शान्तिपूर्ण रहेको विरोध प्रदर्शन पछिल्लो समय हिंसात्मक बनेको छ । हिंसामा परी चारजनाको मृत्यु भैसकेको छ भने ५४ जना घाईते भएका छन् । विरोध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले ब्यापक धरपकड गरेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
बर्तमान प्रधानमन्त्री यिनलक शिनावात्राले वार्तामा आउन आह्वान गरे पनि प्रदर्शनकारीले सरकार नढलेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।