
काठमाण्डु– केही समयदेखि चर्चामा रहेको फिल्म ‘ऋतु’ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका दिनदेखि देशैभर प्रदर्शनमा आउने भएको छ ।
प्रवासमा बस्दै आएका मनोज अधिकारीले प्रवासबाटै यस फिल्मको निर्देशन गरेका हुन् । फिल्मलाई सन्दीप बडालले लेखेका हुन् । फिल्मको अधिकांश सुटिङ अष्ट्रेलियामा भएको थिये भने केही अंश नेपालमा पनि सुटिङ भएको थियो ।
आउँदो फब्रुअरी १४ मा प्रदर्शन थाल्नेमा ‘ऋतु’ एक्लो भने होइन । सोही दिनदेखि फिल्महरु ‘मेघा’ र ‘नोभेम्बर रेइन’ पनि प्रतिष्पर्धामा उत्रदैंछ । सबै प्रेम र युवायुतीका केन्द्रीत फिल्म हुन् ।
निर्माता अपिल विष्टका अनुसार भ्यालेन्टाइन डे ने यस फिल्म प्रदर्शनको सही मति हो । ‘ऋतु’मा राजवल्लव कोइराला, मलिना जोशी, कमल सिलवाल, विष्णु न्यौपानेलगायतका कलाकारहरु छन् ।